आइसीसी च्याम्पियन्स लिगमा भारत र पाकिस्तान भिड्दै

इङ्ल्याण्डमा जारी आइसीसी च्याम्पियन्स लिग अन्तर्गत आइतबार दक्षिण एसियाका दुई ठुला टोली भारत र पाकिस्तान भिड्दै छन्। प्रतियोगिताको पहिलो खेलमा विजयी सुरुवात गर्न आतुर यी दुई टोलीको खेल नेपाली समयानुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ।

आफ्नो पछिल्लो ५ खेल मध्ये ३ खेलमा जित हात पारेको भारत प्रतियोगिताको उपाधिको दावेदार टोली टोली हो। कप्तान विराट कोहलीको नेतृत्वमा रहेको टोलीलाई क्रिकेट विश्लेषकहरुले विशेष टोली रहेको संज्ञा दिएका छन्। भारतलाइ खेलvअघि खेलाडी छनोटमा भने केहि समस्या हुने देखिएकाे छ । भारतले उमेश यादव, भुवानेश्वर कुमार, मोहमद शामी र जस्प्रित बुमराह मध्य एक खेलाडीलाई विश्राम दिनुपर्ने हुन्छ।

यसैगरी पाकिस्तानमा पनि बलर छनोटमा केहि समस्या आउन सक्छ । पेस बलरलाई सहयोग पुग्ने पीच भएकाले पाकिस्तानले स्पिनर शादाब खानलाई विश्राम दिन सक्ने सम्भावना छ । जुनेद खान र वाहब रियाज मध्ये १ खेलाडीले सुरुवाती एघारमा स्थान पाउने छैनन् ।

खेल अघि पाकिस्तानका कप्तान सरफराज अहमदले यस खेलमा राम्रो खेल्ने खेलाडी एक नायकका रुपमा परिचित हुने प्रतिक्रिया दिए। भारतका कप्तान विराट कोहलीले भने यो खेल अन्य खेल जस्तै रहेको र टोलीले सदाझैं जितकै लागि खेल्ने प्रतिक्रिया दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =