शरणार्थीको हत्याका अभियुक्त १६ वर्षपछि पक्राउ
२०७४ जेठ १५ गते

झापा, १७ साउन । भुटानी शरणार्थी शान्तबहादुर अधिकारी क्षेत्रीको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले १६ वर्षपछि आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–३ निवासी ३८ वर्षीय भूपेन्द्र भनिने भीमबहादुर भट्टराई रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । क्षेत्रीको हत्या साबिक खुदुनाबारी– ७ र ९ को सिमाना सुखानी खोलामा भएको बताइएको छ ।
इलाका प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलन गरी प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले २०५८ साल फागुन २६ गते खुदुनाबारीमा रहेको भुटानी शरणार्थी शिविर सेक्टर ‘ए टु हट’ नं ३१ निवासी ५५ वर्षीय क्षेत्रीलाई भट्टराईले खुकुरी प्रहार गरी हत्या गरेर फरार रहेको बताउनुभयो । रासस
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








