अब एक वर्षभित्र प्रदेश ७ लाई तुइन मुक्त बनाइन्छ– मन्त्री बोहरा

कैलाली, जेठ १५ । मन्त्री झपटबहादुरले प्रदेश ७ लाई एक वर्षभित्र तुइनमुक्त बनाउने बताएका छन् । प्रदेश ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले आगामी वर्षको बजेटमा प्रदेश सरकारले प्रदेशलाई तुइनमुक्त प्रदेश बनाउने घोषणा गरेको बताएका हुन् ।

गाउँपालिका राष्ट्रिय महासंघ नेपालले धनगढीमा आयोजना गरेको प्रदेश स्तरिय गोष्ठीमा मन्त्री बोहराले २१ औ शताब्दीमा पनि जनताले तुइनमा यात्रा गर्नु पर्ने अबस्था रहेकामा अब प्रदेश सरकारले त्यसको अन्त्य गर्ने बताए । साथै उनले प्रदेश ७ का केही पहाडी जिल्लामा तुइनका कारण जनधनको क्षति भएको भन्दै अब त्यस्तो हुन नदिने बताए ।

मन्त्री बोहराले स्थानीय तहमा समान कर लगाउन र जनतालाई महशुस हुने खालका नीति कार्यक्रम र बजेटमा प्रदेश सरकारले ध्यान दिन बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *