नेकपा र फोरमबीचको सहमतिले राजनीतिमा गम्भीर प्रकारको आशंका जन्मायो– मोहनविक्रम सिंह

काठमाडौं, जेठ १५ । नेकपा र फोरमबीच भएको सहमतिले गम्भीर आशंका उब्जाएको भन्दै मसालका महामन्त्री मोहनविक्रम सिंहले पार्टीको ध्यानाकर्षण गराएका छन् । दुई पार्टीबीच हालै भएको सहमतिलाई नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री सिंहले राष्ट्रियताप्रति गम्भीर आशंका पैदा गरेको टिप्पणी गरेका हुन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै मोहनविक्रमले भने, ‘यसले देशको राजनीतिमा गम्भीर प्रकारको आशंकालाई जन्म दिएको छ ।’

त्यस्तै सिंहले मधेशवादीहरुले संविधानमा संशोधनका लागि उठाएका माग राष्ट्रघाती भएको उनीहरुले भारतीय विस्तारवादको ग्राण्ड डिजाइनमा नै नेपालमा आन्दोलन चलाएका दावी गर्दै संविधानमा संशोधनमा जोड दिएको दावी गरेका छन् ।

‘आवश्यकता र औचित्यता अनुसार संविधानमा संशोधन गर्दै जानु पर्दछ । त्यो विषयमा कुनै मतभेद हुन सक्दैन । तर मधेशवादीहरुले जुन प्रकारका संशोधनहरु अगाडि सार्दै आएका छन्, ती भारतका नेपाल प्रतिका विस्तारवादी नीतिका लागि मार्ग प्रसस्त गर्ने प्रकारका नै थिए । त्यसकारण तिनीहरुको प्रकृति राष्ट्रघाती प्रकारको भएको कुरा प्रष्ट छ ।’ सिंहले आफ्नो विज्ञप्तिमा भनेका छन् ।

सरकारले मधेशवादीहरुका माग अनुसार संविधान संशोधन गरे त्यसबाट देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा समेत गम्भीर आँच पुग्ने ठहर गर्दै मसालले सरकारले मधेसीको माग अनुसार संविधान संशोधन गरे देशव्यापी कडा आन्दोलन गर्न अपिल गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 16 =