गुरुङलाई पक्राउ गरेको विरोधमा इटहरीमा प्रदर्शन

काठमाडौं, जेठ १५ । सिजन गुरुङलाई पक्राउ गरेको विरोधमा इटहरीमा कांग्रेसले प्रदर्शन गरेको छ ।

इटहरी २० तरहराकी तीर्थकुमारी गिरी सँगको जग्गा सिमा विवादलाई लिएर तरुण दल सुनसरीका सभापति तथा नेपाली काग्रेसका महासमिति सदस्य गुरुङलाई पक्राउ गरेको भन्दै कांग्रेसले विरोध जनाएको हो ।

विरोध प्रदर्शनमा एक नम्वर प्रदेशको संसदीय दलका नेता तथा नेपाली कांग्रेस सुनसरी सभापति राजिव कोईराला,प्रमुख सचेतक केदार कार्की संसद चन्द्र श्रेष्ठ लगायतका नेताहरुले समेत सडकमा प्रर्दशन गरेका थिए ।

नेपाली कांग्रेस सुनसरीका सभापति तथा एक नम्वर प्रदेशको संसदीय दलका नेता राजिव कोईरालाले इटहरीको डिएसपीको ज्यादती बढेको वताए । प्रदर्शन पछि कोणसभालाई सम्वोेधन गदै कोईरालाले कांग्रेसलाई सक्ने रणनीती अनुसार इटहरी आए लगातै प्रहरीले रबैया देखायो,यो हामीलाई मान्य छैन ।

अहिले कांग्रेसका पिडित कार्यकर्ताहरुले न्याय नपाईरहेको बेला विभिन्न बहानामा काग्रेसका नेता तथा कार्यकर्तालाई सक्ने अभियानमा प्रहरी लागेको भन्दै आपत्ती जनाए । उनले प्रदेश सरकारको संघिय मामिला तथा कानुन मन्त्री समेत निकम्बा रहेको टिप्पणी गरे ।

कोणसभामा बोल्दै नेपाली कांग्रेस प्रदेश एकका सचेतक केदार कार्कीले कांग्रेस सरकारमा नभएको बेला सामान्य बहाना पारेर कार्यकर्ताहरु धमाधम थुन्न थालेको भन्दै प्रहरीको विरोध गरे । कांग्रेसलाई प्रहरीले समेत हेपाह प्रबृद्धि देखाएको आरोप लगाए । तर कांग्रेस चुप लागेर बस्दैन शशक्त रुपमा आन्दोलनमा उत्रिन्छ उनले भने । झुटोमुद्धा लगाउँने प्रहरीलाई भविश्यमा देखाई दिने समेत उनको चेतावनी थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *