सगरमाथामा शेर्पाको मृत्यु ‘रहस्यमय’
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौं, जेठ १५ । ३० वैशाखदेखि शुरु यस वर्षको सगरमाथा आरोहण ११ जेठमा आएर टुंगिएको छ ।
यो याममा ४ सयभन्दा बढीले आरोहण गरेको तथ्यांक नेपाल सरकारले सार्वजनिक गरेको छ । चार युक्रेनी नागरिक र एक शेर्पासहितको एउटा आरोहणको प्रयोजनका बारेमा भने सरकार बेखबर छ ।
कान्तिपुर दैनिकका अनुसार त्यही आरोहण दलका गाइड ४५ वर्षीय लामबाबु शेर्पाको मृत्यु त झनै रहस्यपूर्ण छ ।
बेलायती पत्रिका फाइनान्सियल टाइम्सले शेर्पाको मृत्युलाई लिएर शंका प्रकट गरेको छ ।
पर्वतारोही तथा सगरमाथा आरोहणमाथि ब्लग लेख्दै आएका अमेरिकी नागरिक एलेन आरनेटले शेर्पाको मृत्युलाई रहस्यमय बताएपछि पत्रिकाले थप अनुसन्धान गरेको हो ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित