डोटीमा जिप दुर्घटना ४ को मृत्यु

काठमाडौँ, जेष्ठ १४ । डोटीमा आज भएको जिप दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । बोगटान गाउँपालिका वडा नम्बर ६ गगुडाको पलाडीमा भएको जीप दुर्घटनामा परी अन्य १० जना घाइते भएका छन् ।

दिपायलबाट गगुडाका लागि छुटेको से १ ज ८७७ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो । जीप सडकबाट करिब एक सय मिटर तल खसेको छ ।

दुई पुरुष र दुई महिलाको मृत्यु भएको बताइएको छ । मृत्यु हुनेमा चालक रामबहादुर बिक, जीप साहु भगत द्वारिया र ईन्नरी रावत रहेको घटनास्थलबाट स्थानीयले जानकारी दिएका छन् । एक जनाको भने सनाखत हुन सकेको छैन । घटनाका बारेमा विस्तृत विवरण आउन बाकी छ ।

प्रहरी उद्धारकालागि घटनास्थलतर्फ जाँदै गरेको असइ नारायणदत्त बडुले जानकारी दिएका छन् । कच्ची सडक भएका कारण सदरमुकामबाट घटनास्थल पुग्न करिब ४ घण्टा गाडीमा लाग्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *