गुण्डागर्दी समाजका लागि विष, भ्रष्टाचार गर्नेलाई त्यसै छोडिदैन–गृहमन्त्री थापा

काठमाडौँ, जेठ १४ । साँच्चै अब गुन्डागर्दीका दिनगन्ती शुरु भएकै हुन् त ? गृहमन्त्री रामबहादुर थापाले अब गुन्डागर्दीको दिनगन्ती शुरु भएको बताएका छन् । चन्द्रागिरि नगरपालिका–२ लाई वाइफाई फ्री वडा घोषणा गर्दै गृहमन्त्री रामबहादुर थापा बादलले गुण्डा, तस्कर र अपराधिक गतिविधिमा संलग्नहरुको दिनगन्ती सुरु भएको बताएका हुन् ।

सिण्डिकेट र आर्थिक अनियमितताको अन्त्य गरी सुशासन कायम नगरेसम्म विकास नहुने भन्दै गृहमन्त्री बादलले देशमा अराजकता, दण्डहीनता, भ्रष्टाचार, लागूऔषध तस्करी, गुण्डागर्दी समाजका लागि विष भएको बताएका हुन् ।

थापाले भ्रष्टाचार र अनियमितता गर्नेलाई नछोड्ने चेतावनी समेत दिएका छन् । उनले भने, ‘अािर्थक क्रान्ति, सांस्कृतिक क्रान्ति गर्ने बेला आएको छ । दलाली तन्त्र र सिण्डकेटलाई अन्त्य नगरेसम्म विकास सम्भव छैन, उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *