दाङमा झाडापखालाले जनजीवन प्रभावित, एकै दिनमा थपिए १ सय ७७ बिरामी

दाङ, जेठ १४ । दाङमा झाडापखालाका बिरामी बढ्दै छन् । आजै मात्र हेर्ने हो भने १ सय ७७ बिरामी अस्पतालमा थपिएका छन् । शान्तिनगर गाउँपालिकाका दुई वडा झाडापखालाबाट पूर्णरुपमा प्रभावित भएका छन् । शनिबार बिहानदेखि फैलिएको झाडापखाला नियन्त्रणमा आउन सकेको छैन भने झाडापखालाबाट महिला र बालबालिका बढी प्रभावित भएका छन् ।

हरेक घरमा बिरामी भएपछि स्थानीय वीपी कोइराला मावि र हुमाचन्द्र बोर्डिङ स्कूल आइतबारदेखि बन्द गरिएको स्थानीयले जनाएका छन् । माइलीपानी खानेपानी आयोजनाको मुहानमा प्रदुषण भएपछि ३ र ४ नं. वडामा झाडापखाला फैलिएको हो ।

उक्त गाउँपालिकाका दुई वडामा प्रदुषित पानीको मुहान बन्द गरी अहिले ट्यांकरबाट पानी बितरण गरिएको छ । धाराको पानी पिउनयोग्य नरहेपछि नमूना परीक्षण गर्न पठाइएको छ ।

स्थानीय स्वास्थ्य चौकी, राप्ती उपक्षेत्रीय अस्पताल घोराही, तुलसीपुर सिटी अस्पताल, तुलसी बाल अस्पताल, सेनाको फिल्ड अस्पताल नेपालगञ्ज र १९ नं. बाहिनी तुलसीपुरको स्वास्थ्य टोलीले बिरामीको उपचार गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 5 =