पाँच सय निर्माण व्यवसायीको विवरण गृहमा, तीन सयले समयमा काम सकेनन्, पक्राउ गर्ने तयारी

काठमाडौँ, जेठ १४ । गृहमन्त्री रामबहादुर थापाको निर्देशन बमोजिम जिल्ला प्रशासन कार्यालयले काठमाडौँको निर्माण व्यवसाय सम्बन्धी काम गर्ने व्यवसायीको विवरण गृहमन्त्रालयमा बुझाएका छन् ।

काठमाडौँको पाँच सय विवरण गृह मन्त्रालयमा परेको छ । सिडिओ कार्यालयले काठमाडौँका ५ सय व्यवसायीको विवरण बुझाएको गृह स्रोतले जानकारी दिएको हो ।

सिडिओ कार्यालयले बुझाएको विवरण अनुसार अहिलेसम्म विभिन्न पूर्वाधार निर्माणको जिम्मेवारी पाएका व्यवसायी मध्ये दुई सयले मात्र समयमा काम सम्पन्न गरेको देखिएको छ । तीन सय व्यवसायीले निर्धारित समयमा काम सम्पन्न गरेका छैनन्। गृह स्रोतले भन्यो, अधिकांश व्यवसायीहरूले समयमा नै काम सम्पन्न नगरेको रेकर्ड गृहमा आइसकेको छ। जसमा तीन सय व्यवसायीले काम समयमा सम्पन्न गरेका छैनन्।

गृहमन्त्री थापाले समयमा नै काम सम्पन्न नगर्ने व्यवसायीहरूलाई पक्राउ गर्ने समेत निर्देशन दिएका थिए। त्यही निर्देशन अनुसार कास्की, रुपन्देही, झापा लगायत जिल्लामा केही निर्माण व्यवसायीहरू पक्राउ समेत परेका छन्।

काठमाडौँमा पनि समयमा नै निर्माण सम्पन्न नगर्ने व्यवसायीलाई पक्राउ गर्ने तयारी भइरहेको गृह स्रोतले जानकारी दिएको छ। गृहमन्त्रीलाई उद्धित गर्ने एक अधिकृतले भने, सिडिओको विवरण हेरेर आवश्यक पर्ने व्यवसायीलाई पक्राउ गरी कारबाही अगाडि बढाउनु होला।

गृहमन्त्रालयमा अन्य जिल्लाबाट पनि व्यवसायीको विवरण आउन सुरु भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =