सलमानको दोहोरो भूमिकामा किक २ बन्ने
२०७४ जेठ १५ गते

एजेन्सी । सलमान खानको सुपुरहिट फिल्म ‘किक’ को सिक्वेल बन्ने भएको छ । जसमा सलमान खानले दोहोरो चरित्र निभाउनेछन् । सन् २०१९ को क्रिसमसको अवसर पारेर किक २ को रिलिज गर्ने तयारी गरिएको हो । यस फिल्ममा दुई तरिकाले सलमानको दोहोरो भूमिका हुन सक्नेछ । एउटा सम्भावनामा सलमानको सकारात्मक र नकारात्मक चरित्र बीच लडाईं देखाइन सक्छ ।

यसैगरी दोस्रो सम्भावनामा यो फिल्ममा तेलुगु सिक्वेलको जस्तै २० वर्षको फड्को देखाइन सक्छ । यस्तोमा सलमानले बाबु र छोराको भूमिका निभाउनेछन् ।
सलमान हाल उनको आगामी फिल्म ‘ट्युवलाइट’ लाई लिएर चर्चामा छन् । यसमा उनको साथमा सोहेल खान र चिनिया अभिनेत्री जू जूले प्रमुख भूमिका निभाएका छन् । यो फिल्म इदमा प्रदर्शन गरिनेछ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








