रुपन्देहिमा भएको आठ घण्टा अवरुद्ध सडक खुल्यो

बुटवल, जेठ १४ । हिजोदेखि अवरुद्ध रुपन्देहिको ड्राइभरटोल शिवपुर सडक खण्ड सोमबार बिहान खुलेको छ ।

शंकास्पद वस्तु फेलाको आठ घण्टासम्म अवरुद्ध सो सडक खण्डमा उक्त शंकास्पद वस्तु डिस्पोज गरे पछि सोमबार बिहान ८ बजेदेखि आवागमन खुलेको हो ।

गएराति १२ बजे ड्राइभरटोलदेखि पूर्व करिब एक किलोमिटर दुरीमा सडकको बीचमा बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको थियो ।

प्रहरीले उक्त स्थानमा रातभर पहरा दिएर सवारी साधन र सर्वसाधारणको आवागमन बन्द गराएको थियो ।

सोमबार बिहान नेपाली सेनाको बम डिस्पोजल टोली आएर शंकास्पद वस्तुलाई डिस्पोज गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *