नोबेलमा गरियो मुटुरोगको दुर्लभ उपचार (भिडियाे रिपाेर्ट सहित)

बिराटनगर, १२ जेठ । बिराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले मुटुरोगको दुर्लभ मानिने उपचार सफलतापूर्वक गरेको छ । मुटुको अत्याधिक चाल बढेर उपचारका लागि नोबेल आएका मोरङ मधुमाराका पिआर आचार्यको छातिमा आईसीडी राखेर मुटुको चाल सामान्य बनाईएको हो ।

वेलावेला मुटुको चाल अत्याधिक बढेर बिरामीको ज्यानै जानसक्ने खतरा भएपछि मुटुको चाल नियन्त्रण गर्न बिषेश प्रकारको डिभाईस (आईसीडी) राख्ने गरिन्छ । जुन नेपालका बिरलै मात्र अस्पतालमा राखिने गरिएको चिकित्सकहरुको भनाई छ । मुटुको अत्याधिक चाल बढेपछि आचार्य केहि दिन अघि उपचारका लागि नोबेल अस्पताल आएका थिए ।

उनको छातिमा आईसीडी राखेर बिशेष तारको माध्यमबाट मुटुमा जोडी मुटुको अत्याधिक चाल कम गरिएको नोबेल अस्पतालका निर्देशक डा.राजेश नेपालले जानकारी दिए । नोबेल अस्पतालमा पहिलो पटक आईसीडी राखिएको जानकारी दिदै डा.नेपालले भने ‘यो दुर्लभ उपचार हो, नेपालका १, २ वाहेक अन्य अस्पतालमा यो उपचार हुँदैन ।’

मुटुको चाल बढ्ने संकेत पाउँने बित्तिकै उक्त डिभाईसले तत्काल काम गरेर मुटुलाई सामान्य चालमा फर्काउँने गर्दछ । जसका कारण बिरामीलाई मुटुको चाल बढ्ने समस्या हुन नपाउँने र सोहि कारणबाट मृत्यु नहुँने नोबेल अस्पतालका डा.सहदेव ढुंगाना बताउँछन् ।

मुटुरोगबाट पीडित आचार्यले आईसीडी राखेपछि मुटुको चाल नियन्त्रण भएर आफुलाई सहज भएको प्रतिक्रिया दिएका छन् । आफ्नै ठाउँमा सहुलियत दरमा राम्रो उपचार पाएको भन्दै आचार्यले खुःशी पनि व्यक्त गरे ।

नोबेल अस्पतालले यसअघि पनि धेरै जटिल र दुर्लभ उपचार सफलतापूर्वक गर्दै आएको छ । केहि महिना अघि पनि विश्वमै दुर्लभ मानिने ब्रेन ट्यूमर भित्रको एन्यूरिजमको सफल शल्यक्रिया गरेर नोबेल अस्पतालले चर्चा कमाएको थियो ।

दक्षिण पूर्वी एशियामै पहिलो पटक अत्याधुनिक न्यूरो सर्जरी सेवा सुरु गरेर स्तरीय उपचार प्रदान गर्दै आएको नोबेलले न्यूरो सम्बन्धि रोगको मात्र नभएर जटिल प्रकारका मुटुरोगको पनि सफलतापूर्वक उपचार गर्दै आएको नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माको भनाई छ ।

हेर्नुहाेस् भिडियाे रिपाेर्ट

https://www.youtube.com/watch?v=wEltAHsBNF8″

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *