यी हवल्दारले कागजकाे टुक्रामा के लेखेर गरे अात्महत्या ?

जेठ १४, उदयपुर । सशस्त्र प्रहरी बल त्रियुगा गुल्म बोक्से उदयपुरका एक प्रहरी सहायक हवल्दारले आइतबार गुल्म परिसरमै आत्महत्या गरेका छन् ।

त्रियुगा नगरपालिका–७ चुहाडेका ३५ वर्षीय नवराज अधिकारीले आफ्नो मृत्युबारे हल्ला नगर्न र फेसबुकमा समेत सार्वजानिक नगरिदिनु भन्दै सुसाईट नोट लेखेर आत्महत्या गरेको निमित्त गुल्मपति इन्स्पेक्टर प्रेमकुमार राईले बताए।

इन्स्पेक्टर राईका अनुसार बिहान ६ बजे नियमित पिटी खेल्न नआएपछि खोज्नेक्रममा अधिकारी गुल्मको १ नम्बर व्यारेकदेखि ५० मिटर पूर्व वैकल्पिक ६ नम्बर पोष्टको बाहिरी भागमा झुण्डिएको अवस्थामा फेला परेको थियो । घटनाको कारण भने खुलेको छैन।

हवल्दार अधिकारीले कागजकाे सानाे चिर्कटाेमा ‘मेरा ना-बालक छाेराछाेरीलार्इ पाउने रकम सहयाेग गरिदिनुहाेला’ भनेका छन् ।

मृतकको खुट्टा भूइँमै छोएकाले आत्महत्या नभई हत्या हुन सक्ने परिवारको दाबी छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − three =