५ वर्षमा थपिए १ लाख २३ हजार घरेलु तथा साना उद्योग

काठमाडौं, जेठ,१३ । नेपालमा विगत ५ वर्षमा १ लाख २३ हजार घरेलु तथा साना उद्योग थपिएका छन् । देशभर ४ लाख ५ हजार यस्ता उद्योग रहेकोमा पाँच वर्षयतामात्रै १ लाख २३ हजार ३ सय ४२ वटा थपिएका हुन् ।

चालु आर्थिक वर्षको ८ महिनामा मात्रै १८ हजार ५ सय ६२ घरेलु उद्योग थपिएका छन् । चालु आर्थिक वर्षको फागुन मशान्तसम्म दर्ता भएका घरेलु उद्योगले ४० हजार १ सय जनालाई रोजगारीको प्रस्ताव गरेको छ ।

आइतबार सार्वजनिक भएको आर्थिक वर्ष २०७४/७५ को आर्थिक सर्वेक्षण अनुसार सबैभन्दा धेरै घरेलु तथा सना उद्योग प्रदेश ३ मा रहेको छ । त्यसपछि प्रदेश ५, प्रदेश १, प्रदेश २, प्रदेश ४ र प्रदेश ७ र कर्णाली रहेका छन् ।

प्रदेश ३ मा २०७०/०७१ देखि चालु आर्थिक वर्षको फागुन मशान्तसम्म ३९ हजार ८ सय १३ वटा घरेलु उद्योग दर्ता भएको छ । चालु आर्थिक वर्षमा भने ५ हजार ५ सय ३२ वटा दर्ता भएको छ ।

५ वर्षको अवधिमा प्रदेश १ मा १६ हजार १ सय ७४ र प्रदेश २ मा १५ हजार ७ सय २७ घरेलु उद्योग दर्ता भएका छन् । चालु आर्थिक वर्षको ८ महिनामा प्रदेश १ मा १९ सय ४ र प्रदेश २ मा ३१ सय ८७ घरेलु उद्योग दर्ता भएको छ ।

आर्थिक वर्ष २०७०/७१ देखि हालसम्म प्रदेश ४ मा १३ हजार ४ सय २२ घरेलु उद्योग दर्ता भएको छ । चालु आर्थिक वर्षमा भने २३ सय ७१ उद्योग दर्ता भएको छ । प्रदेश ५ मा २४ हजार ४४ घरेलु उद्योग दर्ता भएकोमा चालु आर्थिक वर्षमा ३७ सय ७४ उद्योग दर्ता भएको छ ।

कर्णालीमा भने ५ हजार २ सय ५४ उद्योग दर्ता भएका छन् । चालु आर्थिक वर्षको ८ महिनामा ५ सय ६ घरेलु उद्योग दर्ता भएका छन् । प्रदेश ७ मा ८ हजार ९ सय ८ घरेलु उद्योग रहेकोमा चालु आर्थिक वर्षको ८ महिनामा १२ सय ८८ उद्योग दर्ता भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *