यसै साता फोरम सरकारमा जाने तयारी

काठमाडौं, १३ भदौ । उपेन्द्र यादव नेतृत्वको फोरम यसै साता सरकारमा सहभागी हुने भएको छ । फोरमका यादवलाई शहरी बिकास मन्त्रालय दिने सरकारको तयारी रहेको बालुवाटार स्रोतले जनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल प्रचण्डसँग आइतबार संविधान संशोधनका विषयमा सहमति भए पछि उपेन्द्र सरकारमा सहभागी हुने भएका हुन् ।

फोरमले सरकारसँग संशोधनका लागि लिखित सहमति माग गर्दै आएको थियो । तर, नेकपाका अध्यक्षद्वयले संविधान संशोधनका लागि मौखिक प्रतिबद्धता गरेका छन् ।

नेकपाको प्रतिबद्धता आएपछि नीति तथा कार्यक्रममा फोरमले राखेको संशोधन पनि फिर्ता भएको छ ।

‘हामी यहि सरकारमा सहभागी हुने निश्चित भयो यसकारण सरकारका कार्यक्रम हाम्रा पनि हुन् । हामीले यसमा संशोधन फिर्ता लियौं’, फोरमका एक नेताले भने,‘एक साताभित्र अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने सहमति भएको छ ।’

राष्ट्रिय जनता पार्टी नेपाललाई पनि सरकारमा आउन आह्वान गरिएको छ । त्यसो हुँदा स्वास्थ्य मन्त्रालय राजपालाई दिइने छ ।

२५ भन्दा बढि मन्त्री नराख्ने तयारी गरेको सरकारले प्रधानमन्त्रीसँग रहेका मन्त्रालयहरू नै बाँड्ने छ । प्रधानमन्त्रीसँग अहिले थप तीन मन्त्रालय छन् । फोरमले एक मन्त्री र एक राज्यमन्त्री प्रारम्भिक चरणमा सपथमा पठाउने सम्भावना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − twelve =