पाकिस्तानमा आउदो जुलाइ २५ मा आम निर्वाचन हुने
२०७४ जेठ १५ गते

“
पाकिस्तान, जेठ १३ । पाकिस्तानमा आउदो जुलाइ महिनाको २५ तारिखका दिन आमनिर्वाचन हुने भएको छ ।
पाकिस्तानको सरकारद्वारा सञ्चालित टेलिभिजन पिटीभीले शनिबार प्रसारण गरेको समाचार अनुसार राष्ट्रपति ममनुन हुसेनले जुलाई २५ का दिन निर्वाचन गर्ने प्रस्ताव स्विकृत गरेका छन् ।
पाकिस्तानको निर्वाचन आयोगले जुलाई २५ देखि जुलाई २७ सम्म तीन दिनमध्ये एक दिन निर्वाचन गर्न प्रस्ताव गरेको थियो ।
आमनिर्वाचन तोकिएकै दिन चार प्रान्तका प्रान्तीय सांसदका लागि पनि निर्वाचन हुने तय भएको अधिकारीहरुले जनाएका छन् ।
वर्तमान सरकारको कार्यकाल यही मे ३१ मा पूरा हुने भएकाले नयाँ सदस्य चयनका लागि निर्वाचन हुन लागेको हो ।
निर्वाचन आयोगले आमनिर्वाचन गराउन आयोग पूर्ण रुपमा तयार रहेको जनाएको छ भने राजनीतिक दलहरुले पनि निर्वाचनको प्रचार प्रसार सुरु गरेका छन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








