सेयर बजारमा स्थिरता छ : अर्थमन्त्री खतिवडा

काठमाडौं, जेष्ठ १३ । अर्थमन्त्री डा युवराज खतिवडाले सेयर बजार स्थिरतामा रहेको बताएका छन् ।
प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण पेश गर्दै अर्थमन्त्री खतिवडाले सेयर बजार स्थिर रहेको र सेयर बजारमा ७५ प्रतिशत हिस्सा बैकिङ क्षेत्रका कम्पनीले ओगटेको बताए ।

बैंक तथा वित्तीय संस्थाको कर्जाको बृद्धिदरको तुलनामा निक्षेपको बृद्धिदर कम रहेको भन्दै लगानी योग्य रकम कम रहेको बताए ।

उनले निक्षेप २४ खर्ब पुगेको र कर्जा २२ खर्ब पुगेको जानकारी दिए ।

यस्तै नेपालमा ६० लाख गरिबको संख्या रहेको बहुआयामिक गरिबीको संख्या ८० लाख रहेको जानकारी दिए ।

उनले चालु आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर ५.८३ प्रतिशत रहेको र मुल्यबृद्धि ६ प्रतिशत हुने जानकारी प्रतिनिधिसभामा दिए ।

अर्थमन्त्री खतिवडाले राजस्व बृद्धिदर बढेपनि सरकारी खर्च बढेको कारण बजेट सन्तुलित हुन नसकेको जानकारी दिए ।

आर्थिक वर्ष २०७३/७४ मा ३७ संस्थामा २६ संस्थान नाफामा गएको जानकारी समेत अर्थमन्त्रीले दिए ।

शोधानन्तर स्थिती घाटा रहेको भन्दै अर्थमन्त्री खतिवडाले बिदेशी सन्चितीले १० महिनाको आयात धान्न सक्ने अवस्था रहेको अवगत गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *