आजदेखि त्रिभुवन विश्वविद्यालयमा एकै दिनमा ट्रान्सक्रिप्ट

काठमाडौ, जेठ १३ । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई एकै दिनमा लब्धाङ्कपत्र (ट्रान्सक्रिप) उपलब्ध गराउनका लागि आजदेखि ‘परीक्षा व्यवस्थापन सूचना प्रविधि प्रणाली’ शुरु गरेको छ ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा आज आयोजित कार्यक्रममा त्रिविका उपकुलपति प्रा. डा. तीर्थ राज खनियाँले सो प्रणालीको उद्घाटन गर्दै स्नातक तह शिक्षा शास्त्रका मनोजकुमार सिंहलाई उक्त प्रविधिबाट बनेको प्रमाणपत्र दिए ।

उनले त्रिवि अब सूचना प्रविधिमैत्री भएको बताएका छन् । ‘‘ हामी त्रिविलाई कागजविहीन बनाउन प्रयासमा छौँ । यसैको शुरुआत आजदेखि एकै दिनमा ट्रान्सक्रिप दिन थालेका हौँ ’उनले भने, ‘‘एकै दिनमा ट्रान्सक्रिप दिने सेवालाई विस्तारै क्षेत्रीय कार्यालय र क्याम्पसमा विस्तार गर्नेछौँ ।’’

उनले सन् २०२० सम्म अनलाइन प्रणालीलाई व्यवस्थित बनाई परीक्षा सुधार गरिने जानकारी समेत दिएका छन् ।

कार्यक्रममा परीक्षा नियन्त्रक कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले विद्यार्थीलाई ट्रान्सक्रिप पाउन हप्ता लाग्ने भएकामा अब सजिलोका लागि फाराम भरेकै दिन पाउने बताउ छन् । नियन्त्रक जोशीले विभिन्न सङ्काय र तहका नौ ठाउँलाई एकीकृत गरी एकै ठाउँबाट उक्त प्रविधि प्रयोग गरी ट्रान्सक्रिप दिइने जानकारी दिएका छन् ।

त्रिविले अहिले शुरुमा स्नातक तहको शिक्षा शास्त्रसंकायको मात्र ट्रान्सक्रिप दिने गरे तापनि एक हप्ताभित्र सबै सङ्कायको दिने तयारी गरेको छ । उनका अनुसार उक्त प्रविधिले एक मिनेटमा ४५ ट्रान्सक्रिप्त छाप्ने गरेको छ ।

सोही प्रणालीमार्फत त्रिविले रजिष्ट्रेशन, परीक्षा फाराम, नतिजा प्रकाशन, लब्धाङ्क र प्रोभिजनल सर्टिफिकेट समेत वितरण गर्नेछ । पहिले एक मिनेटमा एक मात्र ट्रान्सक्रिप्ट छाप्ने गरिएको थियो ।

पनिकाले अहिले केन्द्रीय कार्यालयबाट शुरु गरे तापनि विस्तारै पोखरा, नेपालगञ्ज, विराटनगर र अत्तरियाबाट समेत एकै दिनमा ट्रान्सक्रिप दिइने तयारी गरेको छ ।

अहिले दैनिक करीब एक हजार पाँच सय विद्यार्थी ट्रान्सक्रिप्ट लिन पनिका बल्खुमा आउने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *