पानी जहाज मैले दिउसै देखेको सपना हो, मजाकमा उडाउनु पर्दैन– प्रम ओली

काठमाडौँ, जेठ १३ । सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जहाज आफुले रातिमा नदेखि दिउसै देखेको सपना बताएका छन् । मंगोलियासँग २६५ वटा पानीजहाज रहेको उदारहण दिँदै प्रधानमन्त्री ओलीले ओलीले रेल र पानी जहाज मजाकमा उडाउने विषय नभएको बताएका हुन् ।

‘पानी जहाज निदाएका बेला देखेको सपना ब्यूँझिएको बेला भनेको होइन’ उनले भने । हेर्दाहेर्दै इष्टटिमोरमा समुन्द्रबाट जान्छौं । जलमार्गबाटै ढुवानी गर्छौं ।’ प्रम ओलीले भने । उनले रेल पनि बन्ने र पानी जहाजमा पनि चलाउने बताएका हुन् ।

पानी जहाजको योजनालाई विपक्षी सांसदहरुले दिवासप्ना भनेको उल्लेख गर्दै उनले भने, ठीकै भन्नुभयो । मैले दिउँसै देखेको सपना हो, राति होइन ।’

काठमाडौं वीरगञ्ज रेल ५ वर्षमा बनाउने सहमति भइसकेको भन्दै उनले काठमाडौं केरुङ जोड्ने रेलका लागि पनि सम्भाव्यता अध्ययन भइरहेको बताए । उनले अघि भने, हाम्रो रेलबाट ढुवानी गर्छौं । हामीलाई नपरेको बेला भाडामा पनि लगाउँछौं ।’

काठमाडौंमा मेट्रो रेल चलाउने सहमति महानगरले गरिसकेको भन्दै प्रधानमन्त्री ओलीले सम्भाव्यता अध्ययन सकिए लगतै निर्माण सुरु हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *