पैसालाई निष्कृय राख्नु खिया लागे बराबर हो, डिप्रेशन हो–प्रम ओली

काठमाडौँ, जेठ १३ । प्रधानमन्त्री केपी शर्माले आर्थिक वर्ष २०७५/०७६ का लागि सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका विभिन्न प्रश्नको जवाफ दिइरहेका छन् ।

कार्यक्रममा ओलीले पैसालाई निष्क्रिय राख्नु खिया लागेबराबर हो, डिप्रेशसन हो भनेका छन् ।

साथै उनले देशभित्रको सार्वजनिक निजी सबै प्रकारका संघ संस्थाहरुसँग सहकार्य गर्ने बताएका छन् । प्रम ओलीले सो नीति तथा कार्यक्रममाथि कुनै प्रकारको अलमल छ की भन्ने कुरामा मान्यज्युहरुमा भ्रम नहोस भन्ने धारणा व्यक्त गरे ।

उनले आम जनमानसमा पनि निवेदन गरेका छन् कि सरकारले प्रस्तुत गरेका नीति कार्यक्रम उपयुक्त छन्, प्रभावकारी छन् कुनै सन्देह मान्नु पर्दैन । उनले प्रतिपक्षले कार्यान्वयनका लागि दिएको सुझाव, टिप्पणी, र सजकता अपनाउन सरकारलाई सचेत गराएकोमा धन्यवाद समेत व्यक्त गरे ।

उनले भने, विकासको निम्ति हामीले तीन तहका सरकार,  गाउँपालिका, नगरपालिका, प्रदेश सरकारहरु बनाएका छौँ । कसरी यसको व्यवस्थापन गर्ने सम्बन्धमा विवाद हुन्छन् नै तर यसको समाधान गरीन्छ । सरकारी तथा स्थानीय निकायलाई सबल बनाउन, प्रभावकारी बनाउन चाहन्छौँ ।

उनका अनुसार, संरचनात्मक गतिविधि सफल हुन सकुन् , समस्या समाधान गर्दै जाने कुरा हो । कानुन कसरी बनाउने, कसरी कार्यान्वयन गर्ने जस्ता कतिपय नयाँ अभ्यास छन् । अरुको हु–बहु उतार्न पनि सक्दैनौँ । त्यसैले यो तानातानको विषय होइन, लुछाचुँडीको विषय होइन, जिम्मेवारी बाट राष्ट्रलाई समृद्धिमा लाने अवसर हो ।

ओलीले भने, आवश्यवक सुधारहरु समयानुकुल गर्दै जाने हो । नेपालीले शिक्षालाई जिवनोपयोगी बनाउन सकेनन् भने अरुका लागि के गर्लान् ? शिक्षा आर्जन गर्ने, सर्टिफीकेट हातमा हुने तर केही नआउने । यस्तो शिक्षाको अर्थ हुँदैन । पढेपछि जान्ने हुनुपर्यो,

त्यस्तै प्रम ओलीले प्राविधिक शिक्षालाई ७० प्रतिशत सम्म उठाउने पनि जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =