कसैले ‘गेट आउट’ भन्दैमा गेट आउट हुन्नँः कांग्रेस सभापति देउवा

काठमाडौ, जेठ १३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैले ‘गेट आउट’ भन्दैमा आफूले कांग्रेस नेतृत्व नछाड्ने स्पष्ट पारेका छन् ।

नेपाल प्रेस युनियनको २७ औं स्थापना दिवसका अवसरमा देउवाले निर्वाचित सभापतिलाई ‘गेट आउट’ भन्न कसैले नपाउने बताएका छन् ।

रामचन्द्र पौडेल समेत सहभागी रहेको कार्यक्रममा देउवाले भने म निर्वाचित भएर आएको सभापति हुँ । कसैले गेट आउट भन्दैमा गेट आउट हुन्नँ । अब ३ वर्षपछि महाधिवेशन हुन्छ, त्यहिँ प्रतिस्पर्धा गरौंला ।

निर्वाचनमा पराजयपछि कांग्रेसको एक समूहले सभापति देउवाको कार्यक्षमतामा प्रश्न उठाएका छन् भने विशेष महाधिवेशन बोलाउनु पर्ने माग पनि गरेका छन् ।

तर, सभापति देउवाले निर्वाचनमा कांग्रेस पराजयको कारण एमाले माओवादी एकता नै भएको बताएका छन् ।

पार्टी नेतृत्वको गलत कार्यशैलीका कारण चुनाव हारेको भन्ने पौडेल पक्षको निष्कर्षलाई उनले जवाफ दिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =