प्रधानमन्त्री कप आजबाट सुरु, उद्घाटन खेल किर्तिपुर मैदानमा हुने

काठमाडौं, जेठ १३ । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा पहिलोपटक हुन लागेको प्रतियोगिता अन्तर्गत आजको उद्घाटन खेल किर्तिपुर मैदानमा हुनेछ ।

उद्घाटन खेलमा विभागीय टोली एपीएफ र प्रदेश नम्बर ४ बीच प्रतिस्पर्धा हुनेछ भने मूलपानीमा हुने अर्को खेलमा समूहबीको कर्णालीप्रदेश र प्रदेश नम्बर ७ बीच प्रतिस्पर्धा हुनेछ । खेल २९ गते सम्म हुनेछ ।

प्रतियोगिताको विजेताले २० लाख, उपविजेताले १० लाख हात पार्ने छन् भने म्यानअफ द सिरिजले १ लाख, उत्कृष्ट बलर र ब्याट्सम्यानले ५०-५० हजार नगद पाउनेछन् । प्रादेशिक संरचनामा हुन लागेको खेलमा ७ वटै प्रदेशलाई समावेश गराइएको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *