ढुंगेललाई आम माफी दिनु पर्नाको कारण सरकारले आज अदालतमा पेश गर्ने

काठमाडौं, जेठ १३ । व्यक्ति हत्याको अभियोगमा काराबासमा रहेका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता बालकृष्ण ढुंगेललाई आम माफी दिनु पर्नाको कारण सरकारले आज अदालतमा पेश गर्ने भएको छ । ढुंगेललाई आम माफी दिनु पर्नाको कारण आज सम्ममा पेश गर्न सर्वोच्च अदालतले शुक्रबार आदेश दिएकाले सरकारले आज कारण पेश गर्ने भएको हो ।

शुक्रबार रिट निवेदकको तर्फबाट मात्रै प्रारम्भीक सुनुवाई गराएको अदालतले आज दुवै पक्षको सुनुवाई गराउने भएको छ । दुवै पक्षको बहस सुनेपछि अदालतले ढुंगेललाई माफी दिन सरकारले सुरु गरेको प्रक्रियामा अन्तरिम आदेश दिने की नदिने भन्ने बारेमा आज निर्णय सुनाउने छ ।

गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ढुंगेललाई जेलमुक्त गर्न लागेको भन्दै सर्वोच्च अदालतमा जेलमुक्त नगर्न माग सहित रिट निवेदन दायर भएको छ ।

अदालतबाटै दोषी ठहर भएको लामो समयपछि कारागार चलान भएका ढुंगेललाई कैद माफी गर्न नमिल्ने तर्क सहित बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गर्नुभएको हो । सरकारले शक्तिको दुरुपयोग गर्दैै अगाडी बढाएको कैद माफी प्रक्रिया तत्काल रोक्न अन्तरिम आदेशको माग गरिएको त्रिपाठीले बताउनु भयो ।

अदालतको फैसला बमोजिम सजाय भुक्तान गरिरहेको व्यक्तिलाई विनाकारण माफी दिनु कानुनी राज्यको मर्म विपरित हुने भन्दै अधिकारकर्मी, कानुनव्यवसायी र प्रमुख प्रतिपक्षी दल काँग्रेसले पनि आपत्ति जनाएका छन् ।

कैदमा बसेका कैदीहरुको आचरण सुध्रिएमा ६० प्रतिशतसम्म कैद माफी दिन सकिने कानुनी प्रावधान रहेकोको छ । त्यही प्रावधानको दुरुपयोग गरेर कुनै आधार विना ढुंगेलको आचरण ठिक भएको दावी सहित माफी दिन लागिएको उनीहरुको भनाई छ । तर सरकारी पक्षले भने गलत फैसलाका कारण संजाय भोगीरहेकाहरुलाई आम माफी दिन पाउने व्यवस्था अनुसार ढुंगेललाई पनि माफी दिनु पर्ने तर्क गरेको छ । सत्तारुढ नेकपाका नेता हरिबोल गजुरेलले माओवादी युद्धका क्रममा भएका घटनालाई अदालत लैजानु गतल भएको दावी गर्नुभयो ।

सरकारले नेकपा नेता ढुंगेललगायत झण्डै ८ सय जनालाई सरकारको सिफारिसमा राष्ट्रपतिले बाँकी कैद माफी दिन लागेको बताइएकोछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *