आजका बिभिन्न पत्रपत्रिकामा छापिएका सम्पादकीय यस्ता छन्

काठमाडौं, जेठ १३ । तोकिएको समयमै विकास आयोजना सम्पन्न नहुनु नौलो विषय होईन । तर, सम्झौता भएको दशकौँसम्म पनि आयोजना निर्माण नहुने जुन प्रवृत्ति देखिएको छ, त्यो विकासको क्षेत्रमा राष्ट्रिय लज्जाकै विषय बनेको छ ।

यसरी सम्झौता भएर पनि दशकौँसम्म बन्न नसकेका आयोजनामध्येका केही उदाहरण हुन् धोबीखोला कोरिडोर सुधार आयोजा र चाबहिल जोरपाटी साँखु सडक ।, आजको नागरिक दैनिकमा विकासमा लापारवही शिर्षकमा सम्पादकीय छापिएको छ ।

यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०७४ साल फागुन ३ गते प्रधानमन्त्रीको कार्यभार समाल्नुभयो । त्यही दिन तीन सदस्यीय मन्त्रिमण्डल बने पनि मन्त्रिपरिषद्ले अहिलेका आकार ग्रहण गर्न एक महिना समय लाग्यो ।

एकसय दिनको अवधिमा चुनावी घोषणापत्र र प्रतिबद्धताको मुल्यांकन हुन नसक्ने भए पनि सरकार कुन दिशातर्फ अग्रसर हुँदैछ भन्ने विश्लेषण गर्न भने सकिन्छ भन्दै आजकोगोरखापत्र दैनिकले ‘उपलब्धिमुलक सय दिन’ शिर्षकमा सम्पादकीय लेखेको छ ।

यस्तै, कान्तिपुरदैनिकमा सरकारले मुल्य अभिबृद्धि कर भ्याट रकम व्यापारीलाई गर्ने व्यवस्थामार्फत नीतिगत भ्रष्टाचार गरेको देखिएको छ ।

भ्याट ऐन भ्याट ऐन २०५२ लागु भएको केहि बर्षपछि आर्थिक ऐनबाट भ्याट रकम व्यापारीलाई फिर्ता दिने व्यवस्था गरिएसँगै उपभोक्ताले अतिरिक्त भार र राज्य रकम ब्यापारीलाई फिर्ता दिने व्यवस्था गरिएसँगै उपभोक्ताले अतिरिक्त भार र राज्य ढुकुटीले दोहन खेप्नुपरेको छ, भन्दै ‘भ्याट फिर्ता नीति खारेज गर’ शिर्षकमा सम्पादकीय छापिएको छ ।

र, पछिल्लो समयमा नेपालमा विदेशीहरुको शंकास्पद गतिविधि बढ्दै जान थालेको छ ।
नेपालमा पर्यटन, व्यवासाय, शिक्षा र अन्य प्रयोजन देखाउँदै आएका विदेशीहरु धर्म परिवर्तनदेशि अन्य क्रियाकलापमा संलग्न हुने क्रम बढेसँगै सुरक्षा चुनौती पनि बढेको छ ।
यसरी विभिन्न बहानामा विदेशीहरु आपराधिक क्रियाकलापमा समेत संलग्न भएका घट्नाहरु सार्वजनिक भएका छन् ।, आजको कारोवार दैनिकमा ‘विदेशीमाथि निगरानी बढाउ’ शिर्षकमा सम्पादकीय छापिएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *