आइपिएलसंग सम्बन्धित नयाँ खुलासा

काठमाडौँ,जेष्ठ १२ । इण्डियन प्रिमियर लिग(आइपीएल)को फाइनल आइतबार मुम्बईमा हुँदैछ। यसको अघिल्लो दिन भारतको मध्यप्रदेश पुलिसले सट्टाबाजी गर्ने अन्तराष्ट्रिय गिरोहको एजेन्टलाई पक्राउ गर्दै सनसनीपूर्ण खुलासा गरेको छ।

अत्याधुनिक प्राविधिक उपकरणहरुको प्रयोग गरेर उक्त गिरोहले आइपीएल खेलको प्रशारणको आधिकारिक सिंग्नल चोरी गरेर वेवसाइटमा प्रशारण गर्दै आएको पुलिसले खुलासा गरेको हो।

उक्त सिंग्नल टेलिभिजनमा आउनु ८ सेकेन्ड अघि नै उक्त वेवसाइटमा आउने गरेको र त्यसका आधारमा सट्टेबाजले कराडौं रकम दाउँमा लगाउने गरेका थिए।

मध्यप्रदेश राज्य साइबर युनिटका प्रहरी अधिकारी जितेन्द्र सिंहका अनुसार प्रशारण अनुमति लिएको स्टार इन्डियाबाट आएको उजुरीका आधारमा अनुसन्धान थाल्दा सट्टेबाजी गिरोहका एजेंन्ट अंकित जैनलाई पक्राउ गरिएको छ।

जैनले दिएको वयान अनुसार उनीहरुले मुख्य कारोबार दुबईबाट सञ्चालन गर्दै आएका थिए। टेलिभिजनमा प्रशारण हुनुअघि नै खेलको अवस्थाबारेमा थाहा पाएर उनीहरु करडौंको सट्टा लगाउने गर्दथे।

उक्त गिरोहले ‘सीबीटीम्याजिकबाँक्स. इन’ नामको वेवसाइट मार्फत सिंग्नल चोरी गर्दै टेलिभिजन भन्दा छिटो प्रशारण गर्ने गरेको भेटिएको प्रहरीले जनाएको छ।

आइपीएलको प्रशारण अधिकार स्टार इण्डियाले आगामी चार वर्षका लागि १६ हजार ३ सय करोड भारतीय रुपैयाँमा यसैवर्ष खरिद गरेको थियो। एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 6 =