डाक्टरको लापर्वाहीले दुबै मृगौला फेल भएकी २१ वर्षीय कबिताको गुहार…

सुनसरी, जेष्ठ १२ । दुई वटै मृगौला फेल भएसंगै मृत्युसँग लडिरहेकी संखुवासभा सभापोखरी गाउपालिका वडा नं ६ की २१ वर्षीय कविता विश्वकर्माले आफुलाई उपचारका लागी आर्थिक सहयोग गरिदिनुहुन सबैमा सहयोगको याचना गरेकी छिन ।

बिश्वकर्माको हाल १५ ÷२० दिनको फरकमा सुनसरीको धरान स्थित बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा डाईलेसिस भईरहेको उनका श्रीमान बिजय बिश्वककर्माले जानकारी दिएका छन् ।

बिरामी कबिताको विसं २०७४ साउन ८ गते सुत्केरी लिएर जिल्ला अस्पताल संखुवासभा भर्ना गरीएको र अपरेशनको क्रममा शरिरको रगत सकिए पछि उक्त अस्पतालले रगत दिएको र ओ पोजेटीभ गू्रपको रगत दिनुपर्नेमा अन्य गु्रपको रगत दिएपछि बिरामीको दुबै मृगौला फेल भएको धरानमा शनिवार गरीएको पत्रकार सम्मेलनमा पिडितका श्रीमान बिजय बिश्वकर्माले जानकारी दिएका छन् ।

उपचारका क्रममा रहेका बिश्वकर्मा दम्पतीको ११ महिनाको एक छोरा समेत रहेको र ती छोरा जन्मेदेखी १ थोपा स्तनपान समेत गराउन नपाएको सम्मेलनमा बिरामी कबिता बिश्कर्माले जानकारी दिएकी छिन ।

करिब ४ महिना अगाडी बिश्वकर्माका श्रीमान वैदेशिक रोजगारीमा साउदी पुगेका र ४ महिनामा नै स्वदेश फर्किनु परेकाले भएको जायजथा समेत उपचारको क्रममा सकिएकोले र थप उपचारका लागी सबैमा सहयोगका लागी उनले आग्रह गरेकी छिन् ।

जसका लागी बिश्वकर्माले सहयोग गर्न चाहने दाताले सिटिजन्स बैंकको खाता नं. ००४७००००१८०५ मार्फत सहयोग गर्न सकिने उनले जानकारी दिएकी छिन् ।

हाल सो मृगौला फेर्नका लागी आफन्तले नै मृगौला दान गरे १८ लाख तथा अन्य कतैबाट सो उपचार सम्भव गराए सो भन्दा अझै धेरै रकम लाग्न सक्ने उपचारमा संलग्न डाक्टरहरुले बताएका छन ।

साथै बिश्वकर्मा दम्पतीलाई सहयोग गर्नुहुने महानुभावहरुले मोवाईल नंम्बर ९८११३२१६१४ मा सम्पर्क गरिदिनुहुन उनका आफन्तले अनुरोध गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *