डिजे ललित बुमरेङ चलाउदै 

सुनसरी,जेष्ठ १२ । सुनसरीको फेसनेवल शहर धरान १५ बगरकोटमा डिजे ललितले बुमरेङ लाउन्ज बार र किचनको सुरुवात गरेका छन् ।

होटल व्यवसायी घनश्याम श्रेष्ठ , दिनेश भुजेल साथमा जिडेद्धय सरल उदास (डिजे बाबा) र ललित राई (डिजे ललित)को करिब ८० लाखको संयुक्त लगानिमा सो लउन्ज बारको सुरूवात भएको हो ।

बिगत कयौ बर्षदेखी डिजेईङ तथा फेसन सोहरुका कोरियोगा्रफरका रुपमा रहेका राइले ग्राहकहरुको मनोबिज्ञान लाई ध्यानमा राखेर नयाँ किसिमले प्रकृति संग नजिक हुने प्रकारको ओपेन टेरेसका साथमा आरामदायी लाउन्जको व्यवस्था गरी सो वार सञ्चालनमा ल्याएको पत्रकारसंगको कुराकानीमा बताएका छन् ।

जुन धरान १५ स्थित बगरकोटमा भिन्टेज नामक निकै चचिर्त रेष्टुरेन्टको छेउमै रहेको १५ धुर जग्गामा संचालनमा ल्याईएको राईले जानकारी दिए ।

सञ्चालक राईका अनुसार बार सुरूवातको केही समय आउने ग्राहकहरुलाई सेवा संगै ग्राहकको सल्लाह सुझाव समेत लिने कार्य भईरहेको र त्यसै अनुरूप परीमार्जन समेत गर्दै जाने बताए ।

साथै हरेक दिन लाईभ ब्यान्डको प्रस्तुती संगै बेलुकी ११ बजे सम्म संचालन हुने सो बारमा सागीतीक मनोरञ्जनका साथै बिभिन्न परिकारका मज्ज समेत लिन सकिने राईले बताउनुभएको छ ।

ब्यापारीका रुपमा सञ्चालनमा आएको सो वारमा १ नं प्रदेशका करिब २५ जना होटल म्यानेजमेन्ट पढने युवाहरुले रोजगारीको अबसर समेत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =