पुर्व श्रम स्वीकृति बन्द : के अब वैदेशिक राोजगारीमा मलेसिया जान पाईदैन ?

“
काठमाडौँ, जेष्ठ १२ । सरकारले बैदेशिक रोजगारीको लागि मलेसिया जाने कामदारहरुका लागि लिइने पुर्व श्रम स्वीकृति बन्द गरेको छ। श्रम मन्त्रालयले पुर्व श्रम स्वीकृति बन्द गर्न सुचना जारी गरेपछि श्रम विभागले पुर्व श्रम स्वीकृति बन्द गरेको हो।
श्रम मन्त्रालयले बैदेशिक रोजगारीमा जाने कामदारहरुलाई आर्थिक भार पार्ने काम गरिरहेको भन्दै जिएसजी, माइग्राम, बायोमेटिक, ओएससी लगायतका संस्थाहरु खारेज गरेपछि पुर्व श्रम स्वीकृति बन्द भएको हो।
यसैबीच नयाँ कामदार छनौट प्रक्रिया अबरुद्ध भएको छ। मलेसिया दैनिक ३ सयदेखि ४ सय नेपाली कामदार गइरहेका छन्। यस विषयमा सरकारले कुटनीतिक पहल गरिरहेको जनाएको छ।
यसरी कामदार पठाउने प्रक्रिया रोकिएको भन्दै नेपाल वैदेशिक रोजगार ब्यवसायी संघले सरकारसँग चाँडो निकास खोज्न आग्रह गरेको छ।
एक पक्षीय ढंगबाट मलेसिया जान ३९ वटा स्वास्थ्थ संस्थामा स्वास्थ्य परीक्षण गर्न तोकिएको र त्यसलाई हटाइ स्वास्थ्थ मन्त्रालयले तोकेका र मन्त्रालयमा सुचीकृत भएका स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गर्ने ब्यवस्था मिलाइने श्रम मन्त्री गोकर्ण विष्टले बताएका छन्।
त्यस्तै अवैध रुपमा माइग्राम संस्था दर्ता भएको भन्दै मन्त्री विष्टले त्यसका लागि १२५ मलेसियन रिंगिट दर उठाउने काम गैरकानुनी भएको भन्दै त्यसलाई पनि खारेज गरिएको बताए।
“








