गुरुङलाई रिहा गर्न कांग्रेसको माग

“
धरान, १३ जेठ । नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुङलाई निशर्त स–सम्मान अविलम्व रिहा गर्न नेपाली कांग्रेस सुनसरीले माग गरेको छ । नेपाली कांग्रेस सुनसरीका सभापति एवम् प्रदेश नं. १ का प्रमुख प्रतिपक्षी दलका नेता राजिव कोइरालाले प्रेस विज्ञप्ति जारी गर्दै गुरुङलाई रिहा गर्न माग गरेको सुनसरी कांग्रेस सचिव एवम् प्रवक्ता सुजेन्द्र गोलेले बताए ।
विज्ञप्तिमा तरुण नेता गुरुङलाई भुटो मूद्दा लगाएर सुनियोजित र षडयन्त्र पूर्वक पक्राऊ गरिएको जनाउंदै अविलम्व निशर्त रिहा नगरे चरणवद्ध आन्दोलनमा उत्रने समेत चेतावनी दिइएको छ ।
हिजो मात्र जिल्ला प्रशासन कार्यालय सुनसरीमा शान्ति सूरक्षाका लागि निवेदन दर्ता गराएका गुरुङलाई रातारात पक्राउ गरिनु प्रहरी प्रशासनको पूर्वाग्रह प्रष्ट देखिएको भन्दै कांग्रेसका कार्यकर्ताहरुलाई झुटा मूद्दा लगाएर फसाउने कार्य बन्द गर्न समेत विज्ञप्तिमा माग गरिएको छ ।
इटहरी २० तरहराकी तीर्थकुमारी गिरीको १० धुर जग्गामा सिमा र भाडाको विषयमा शुत्रबार स्थानीय प्रशासन बसेको बेला भएको विवादलाई लिएर शुत्रवार राती गुरुङलाई पक्राउ गरीएको भन्दै काग्रेसले आपत्ती जनाएको हो । तरहरा प्रहरीकै रोहबरमा भएको घट्नालाई अतिरञ्जित बनाई मध्यरातमा पक्राउ गर्नु पूर्वाग्रही भएको काग्रेसको निश्कर्ष छ ।
नेपाली काग्रेस सुनसरीले शनिबार एक विज्ञप्ती जारी गदै गुरुङले गत शुक्रबार मात्र तरहरामा भएको उक्त जग्गाको विवादमा न्याय पाउ भनी जिल्ला प्रशासन सुनसरीमा अपिल गरेको अवस्थामा प्रहरीले झुटोमुद्धा लगाउँन धरपकट गरेको बताएको छ ।
“








