अत्यधिक वर्षापछिको बाढी र डुबानले श्रीलंकामा १६ को मृत्यु, हजाराैं विस्थापित
२०७४ जेठ १५ गते

“
काठमाडौं, जेठ १२ । श्रीलङकामा आएको अत्यधिक मनसुनी वर्षाका कारण भएको डुबानमा परी शनिबार सम्ममा १६ जनाको मृत्यु भएको छ।
वर्षाका कारण १ लाख २६ हजार जना प्रभावित भएको र हजारौं परिवारलाई सुरक्षित ठाउँमा सारिएको प्रकोप व्यवस्थापन केन्द्रका अधिकारीहरूले बताएका छन्।
अत्याधिक वर्षापछिको बाढी र डुबानले उत्तरी र दक्षिणी श्रीलङ्काका प्रभावित ठाँउहरूका करिब ४ हजार घरमा पूर्ण तथा आंशिक क्षति भएको बताइएको छ।
मौसम पूर्वानुमान विभागले पनि देशभरि ठूलो वर्षा हुने भविष्यवाणी गरेको थियो। श्रीलंकामा हरेक वर्ष अत्यधिक वर्षाका कारण ठूलो धनजनको क्षति हुने गरेको छ।
गत वर्ष वर्षाका कारण आएको बाढी पहिरोमा परी दुई सयभन्दा बढीको मृत्यु भएको थियो भने ७८ जना बेपत्ता भएका थिए।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








