कौशिलानगर मेरी आमा हो, अब म मेरी आमालाई रून दिने छैन
मकालु खबर
२०७४ जेठ १५ गते
लोकेन्द्र थापा । नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिकाका नेपाली काँग्रेसबाट मेयर पदका उम्मेद्वार भानुभक्त भट्टराईले कोहलपुर १ कौशिलानगरका जनतालाई रुँदै लालपुर्जा दिने बताउनुभएको छ ।
स्थानिय तहको निर्वाचन प्रचार प्रसारका क्रममा कौशिलानगरमा आज पुग्नुभएका भट्टराईलाई त्यहाँका जनताले बस्ती बसालेर लालपुर्जा नदिएकोमा दुःख व्यक्त गरेका थिए । मेयर पदका उम्मेद्वार भानुभक्त भट्टराईले २०३७ सालमा कौशिलानगरमा बस्ति बसाल्नुभएको थियो भने आफ्नी आमाको नामबाट कौशिलानगर नामाकरण गर्नुभएको थियो ।
धेरै वर्ष पछि सम्पन्न हुन गईरहेको स्थानिय तहको निर्वाचनमा त्यहाँका जनताले भानुभक्त भट्टराई यो गाउँको जन्मदाता भएकाले अब लालपुर्जा कहिले दिनुहुन्छ भनेर प्रश्न गरेका थिए । कौशिलानगर मेरी आमा हो, अब म मेरी आमालाई धेरै दिनसम्म रुवाउदिन् । उहाँले भनुभयो ‘अब मेयर भएको छ महिना भित्र कौशिलानगरको लालपूर्जा वितरण गर्छु, यो मेरो कतव्य हो ।
घरदैलो अभियान पछि कोण सभामा बोल्दै भट्टराईले कोहलपुरलाई सुन्दर, शान्त र समृद्ध बनाउने लक्ष्य लिएकाले कौशिलानगरबासीले त्यो लक्ष्य पुरा गराउने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै कार्यक्रम नेकपा एमाले र माओवादी केन्द्र परित्याग गरी नेपाली काँग्रेसमा ३१ जनाले प्रवेश गरेका थिए । माओवादी परित्या गर्नुभएका अम्मर परियारले नेपाली काँग्रेस जनताको पार्टी भएकाले काँग्रेस प्रवेश गरेको बताउनुभयो । साथै उहाँले अब कोहलपुरको विकास गर्नका लागि नेपाली काँग्रेसको नीति तथा विचार नै उचित भएको बताउनुभयो । कार्यक्रममा नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित