विद्यार्थी भन्छन्–सिपयुक्त, शिक्षा हासिल गर्न ABROAD STUDY मा

जेठ ११, चितवन । चितवनको भरतपुरमा जारी मेगा एजुकेशन फेयरमा आउने विद्यार्थीले करियर निर्माणका लागि ABROAD STUDY मा जानुपर्ने बताएका छन् । आनअपको आयोजनामा दुई दिनसम्म चल्ने एजुकेशन फेयरमा सहभागी विद्यार्थीहरुले ABROAD STUDY मा गएर उच्च शिक्षा हासिल गरेसँगै स्वदेश फर्किएर देश सेवा गर्ने इच्छा ब्यक्त गरेका हुन् ।

कक्षा १२ को परीक्षा दिएर फुर्सदमा बसेकी भरतपुर २ की नम्रता अधिकारीले स्वदेशमा ब्याचलर गर्ने राम्रा कलेज तथा विश्वविद्यालय भएपनि पढाईसंगै करियर सुरक्षित गर्ने वातावरण नभएको बताईन् । ‘विदेशमा पाईने शिक्षा, त्यहाँको प्राटिकल शिक्षा एकदमै राम्रो छ, कमसेकम ५ वर्ष विदेश बस्दा आफ्नो करियर सुनिश्चित हुन्छ भने, कीन नजाने ?’–उनले भने ।

भरतपुरकै अर्किड कलेजमा अध्ययन गर्ने महेश पाण्डेले पनि स्वदेशमा करियर सुनिश्चित गर्न राम्रा अवसर नहुँदा उच्च शिक्षा हासिल गरेर करियर बनाउन पनि विदेश अध्ययनका लागि जानुपर्ने बाध्यता रहेको बताए । ‘परिवारबाट टाढा भएर रहनु कम्ती दुखद् हुँदैन तर, भविश्यलाई समेत हेर्न आवश्यक छ, कम्तिमा विदेशमा उच्च शिक्षा हासिल गरेर नेपालमा आएपछि यहि स्वरोजगार पनि हुनसकिन्छ ।’ उनले भने ।

उनीसँगै आएका कक्षा १२ को परीक्षा दिएर फुर्सदमा बसिरहेका अभिषेक शर्माले ग्लोवल प्रतिष्पर्धामा उत्रिनका लागि पनि विदेशको शिक्षा अपरिहार्य भएको जिकिर गरे । ‘स्वदेशमा राम्रो शिक्षा छैन भनेको हैन, तर विदेशमा जसरी अध्ययन गर्दागर्दै करियर सुनिश्चित हुन्छ, त्यो भने नेपालमा भएन ।’ उनले भने ।

वान अप प्रा.लि.ले आयोजना गरेको मेगा एजुकेशन फेयर विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको छ । शुक्रबार बेलुकासम्म ४ सय भन्दा बढी विद्यार्थीहरुले मेलामा उचित परामर्श लिएकोे आयोजक संस्थाका संयोजक भोला पोखरेलले जानकारी दिए ।

उनका अनुसार उच्च शिक्षाका लागि नेपाली विद्यार्थीलाई अस्ट्रेलिया, अमेरिका, न्यूजील्याण्ड, जापान, युरोपलगायतका अन्य देशको शिक्षा प्रणाली, भिसा प्रक्रिया र छात्रवृत्तिको विषयमा विद्यार्थीहरुले परामर्श लिएका थिए ।

मेलामा १७ वटा भन्दा बढी शैक्षिक परामर्श संस्थाहरुले स्पट एडमिसन, छात्रवृत्ति, कलेज छनौट र ती देशका संस्कृतिको बारेमा परामर्श दिएका थिए । दुई दिनसम्म चल्ने मेलामा १२ कक्षा सकेर बसेका विद्यार्थीहरुको सहभागिता बढी रहेको आयोजकले जनाएको छ । मेलामा आउने प्रत्येक विद्यार्थीहरुको लागि उपहार उपलब्ध गरिएको थियो । मेलाको समापनपछि लक्की ड्रमार्फत एकजना भाग्यशाली विजेतालाई ल्यापटप उपहार समेत दिइने आयोजकले बताएको छ ।

शनिबारसम्म एक हजारभन्दा बढी विद्यार्थीले परामर्श लिन आउने आयोजकको अपेक्षा छ । टाइटल स्पोन्सर असस्टडिज र ग्लोवल रिचको सहकार्यमा मेला सञ्चालन गरिएको हो । चितवनपछि जेठ १८ र १९ मा वुटवलमा र २५ र २६ गते पोखरामा शैक्षिक मेला आयोजना हुने संयोजक पोख्रेलले जानकारी दिए ।

हेर्नुहोस् एजुकेशन फेयरका तस्विरहरुः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *