चित्रबहादुर भन्छन्–‘तराईबाट हिमाल र पहाडलाई टुक्राउने सड्यन्त्र’

जेठ ११, बुटवल । केन्द्रमा थोरै अधिकार राखेर स्थानीय तहलाई धेरै अधिकार दिएर संघीय प्रदेश खारेज गर्नुपर्ने जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले बताएका छन् । आज बुटवल स्थित पार्टीको पाँचौं रुपन्देही जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष केसीले संघीयताको आडमा तराईबाट हिमाल र पहाडलाई अलग गराउने षड्यन्त्र भैरहेको भन्दै संघियताले देशलाई टुक्राउन सक्ने तर्फ सचेत हुन आग्रह गरे ।

‘संघियताका नाममा तराईबाट हिमाल र पहाडलाई टुक्राउने सड्यन्त्र भईरहेको छ, यसमा सबै नेपालीहरु सचेत रहन आवश्यक छ ।’ उनले भने । केसीले केन्द्र र स्थानीय तहलाई जोड्न सानो प्रशासनिक इकाइ भए पुग्ने भन्दै संघीयताको खाका देशले थेग्न नसक्ने समेत दावि गरे ।

कार्यक्रममा माओवादी–एमालेको एकतालाई कटाक्ष गर्दै अध्यक्ष केसीले झारपातहरू जम्मा भएर कोहीपनि कम्युनिस्ट बन्न नसक्ने दावि गरे । पूर्वएमाले र माओवादी एकतापछि बनेको नेकपालाई केसीले झारपात जम्मा भएको टिप्पणी गरेका छन् ।

आधारभूत सिद्धान्त छोडेका सबै प्रकारका पार्टीबीचको एकतालाई कम्युनिस्ट एकता भन्न नसकिने तर्क गर्दै संघियता विरोधी केसीले एमाले–माओवादी एकतालाई पूँजीवादी एकताको नमुना भने ।

अध्यक्ष केसीले एमाले–माओवादीको एकतालाई धेरैले खिसिट्युरी गरेपनि राष्ट्रिय जनमोर्चाले स्वागत गरेको व्यङ्ग्य गरे । विचार र कार्यक्रम मिलेपछि गरिएको एकताको बिरोध गर्नुको अर्थ नभएको बताए ।

दुई पार्टीको एकता पूँजीबादी प्रणालीको एकता भएकाले यो कम्युनिस्टको पक्षमा नभएको केसीको दावि थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =