कर्णाली प्रिमियर लीगका फाइनलमा रुपन्देही र आर्मी प्रवेश

काठमाडौ, जेठ ११ । रुपन्देही-११ र त्रिभुवन आर्मी क्लव सुर्खेतको वीरेन्द्रनगर रंगशालामा जारी कर्णाली प्रिमियर लीग (केपीएल) को सेमिफाइनलमा प्रवेश गरेका छन् ।

शुक्रबार भएको पहिलो खेलमा मध्यपश्चिम क्रिकेट क्लवलाई २५ रनले पराजित गर्दै शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही ११ ले फाइनलको यात्रा तय गरेको हो ।

विनोद भण्डारीको कप्तानीमा रहेको आर्मीले धनगढीलाई ८ विकेटले पराजित गरेको हो ।

फाइनल खेल शनिबार बिहान ८ बजे सुरू हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *