“””काठमाडौँ प्रहरी अवार्ड”” द्वारा ६ जना पुरस्कृत, दुई डिएसपी बाँकी को–को ?”

“
काठमाडौँ, जेठ १० । काठमाडौँ परिसरले ६–६ महिनामा विरतरण गर्ने काठमाडौँ प्रहरी अवार्डद्वारा ६ जना पुरस्कृत भएका छन् । शुक्रबार परिसरमा आयोजित एक समारोहकाबीच उत्कृष्ट काम गर्ने ६ जना प्रहरी अधिकारी पुरस्कृत भएका हुन् ।
पुरस्कृत हुनेमा प्रहरी नायब उपरीक्षक (डिएसपी) तर्फ प्रदीपबहादुर क्षेत्री र अनुपम क्षेष्ठ रहेका छन् ।
त्यस्तै प्रहरी निरीक्षकतर्फ शर्मिला गुरुङ र पुष्कर बोगटी पुरस्कृत भएका छन् भने प्रहरी नायब निरीक्षकतर्फ टेकबहादुर कुँवर, प्रहरी सहायक निरीक्षकतर्फ शिव कट्टेल र प्रहरी जवानतर्फ अर्जुन सेठ्ठी पुरस्कृत भए ।
त्यसैगरी परिसर मातहतका कार्यालयहरु मध्येबाट उत्कृष्ट कार्य प्रदर्शन गर्ने प्रहरी अधिकारी मध्ये प्रहरी नायब उपरीक्षकलाई ५० हजार, प्रहरी निरीक्षकलाई ३५ हजार, प्रहरी नायब निरीक्षकलाई २५ हजार, प्रहरी सहायक निरीक्षकलाई २० हजार, प्रहरी हवल्दारलाई १५ हजार र प्रहरी जवानलाई १० हजार रुपैयाँ नगदसहित प्रमाण–पत्रद्वारा पुरस्कृत गरिएको हो ।
पुरस्कारका लागि परिसरले नेपाल बंगलादेश बैंक लिमिटेडसँग सहकार्य गरेको थियो ।
“








