काठमाडौ महानगरपालिका र चिनियाँ कम्पनीबिच चक्रपथमा मोनोरेल चलाउन द्विपक्षीय समझदारी

“
काठमाडौ, जेठ ११ । काठमाडौको चक्रपथमा चिनियाँ कम्पनीले मोनोरेल सञ्चालन गर्न सम्भाब्यता अध्ययन गर्ने भएको छ ।
शुक्रबार एक कार्यक्रमका बिच चिनियाँ कम्पनी चाइना रेल्वे कन्स्ट्रक्सन कर्पोरेसन (सीआरसीसी) र काठमाडौ महानगरपालिका बिच यसका लागि द्विपक्षीय समझदारी (एमओयू) भएको हो ।
कार्यक्रमका बीच मोनोरेलको सम्भाब्यता अध्ययन गर्ने सम्बन्धी समझादीपत्रमा हस्ताक्षर भएको हो । सीआरसीसीलाई अबको ७ महिनाभित्र सम्भाब्यता अध्ययन गरिसक्ने गरी जिम्मा दिइएको छ ।
काठमाडौ महानगरका प्रमुख विद्यासुन्दर शाक्य र कर्पाेरेशनका महाप्रवन्धक लि होङ्गकीले सम्भाब्यता अध्ययन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरका छन् ।
कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन, काठमाडौ महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, महानगरका प्रमुख प्रशासकीय अधिकृत यादव कोइराला लगायत अधिकारी सहभागी थिए ।
महानगरले मोनोरेल सञ्चालन सम्बन्धी प्रकाशन गरेको आशय पत्रमा रेल वे ग्रुपले वैशाख २० गते महानगरमा इच्छा पत्र बुझाएको थियो । यसका आधारमा महानगरको वैशाख २४ गतेको प्रमुखस्तरीय निर्णयबाट शुक्रबार रेल वे कम्पनीसँग सम्झौता गरिएको हो ।
सम्झौताअनुसार कम्पनीले चक्रपथमा मोनोरेल चलाउन आर्थिक, प्राविधिक तथा दिगोपना जस्ता पक्षमा अध्ययन गर्ने तथा प्राप्त सम्भावनाका उपयुक्त विकल्पहरु सिफारिस गर्नेछ ।
कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नै कार्यकालमा मोनोेरेल सञ्चालन गर्ने प्रतिवद्धता दोर्होयाएका छन् ।
“








