नेविसंघले गर्यो सभापति देउवाविरुद्ध नाराबाजी

काठमाडौ, जेठ ११ । नेपाली कांग्रेसभित्र अन्तरविरोध चर्किरहेका बेला नेविसंघ काठमाडौ जिल्ला समितिले शुक्रबार दिउँसो प्रदर्शन गरेको छ ।

कांग्रेसको भातृ संगठन नेविसंघका नेता कार्यकर्ताहरुले सभापति देउवालाई विधिसम्मत तरिकाले पार्टी र भातृसंगठन चलाउन खबरदारी गरेका छन् ।

नेविसंघका कार्यकर्ताहरुले, ‘बहुमतको डण्डा चलाएर, कांग्रेस कमजोर बनाएर, कसरी पार्टी बलियो बन्ला र सभापति ज्यू गुटभित्र रमाएर ?’ जस्ता शब्दहरु कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध सिर्जना गरेका छन् ।

यिनै नारा सहित जुलुसमा उत्रेको नेविसंघ प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पस अगाडिदेखि रत्नपार्क पुगेर कोणसभामा परिणत भएको थियो ।

जुलुसमा नेविसंघ नेताहरु मनोजमणि आचार्य, महामन्त्री कुन्दन काफ्ले लगायत सहभागी थिए ।

कांग्रेस र नेविसंघको झण्डासहित ठूलो संख्यामा उपस्थित कार्यकर्ताहरुले पार्टीभित्र आन्तरिक लोकतन्त्र सुदृढ बनाउनुपर्ने, महंगी नियन्त्रण गर्नुपर्ने, द्वन्द्वकालीन मुद्दामा थुनामा रहेका तत्कालीन माओवादीका नेता बालकृष्ण ढुंगेललाई आममाफी दिन नहुने लगायतका सन्देश लेखिएका ब्यानर बोकेका थिए ।

आफ्नै पार्टी सभापति र वर्तमान नेकपा नेतृत्वको सरकारविरुद्ध सडकमा उत्रिएका नेविसंघका केही कार्यकर्ताहरुले विरोधको प्रतिकात्मक स्वरुप पूरै शरीर ढाकिने कालो कपडा पनि लगाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 9 =