डेढ महिनादेखि महिला बेपत्ता
मकालु खबर
२०७४ जेठ १५ गते
लहान, पुस २१ । लहान नगरपालिका–२४ बस्तीपुरकी एक महिला डेढ महिनादेखि सम्पर्कविहीन भएपछि परिवारका सदस्यहरु चिन्तित बनेका छन् ।
बस्तीपुर निवासी महेन्द्र यादवकी कान्छी पत्नी आशादेवी यादव आफ्ना दुई वर्षीय छोरासहित विगत डेढ महिनादेखि बेपत्ता भएपछि परिवारजन चिन्नित बनेका हुन् ।
जेठी श्रीमतीका छोराबुहारीसँग विवाद भएपछि आशादेवी आफ्ना काखे बालकसहित बेपत्ता भएको उनका पति महेन्द्रले जानकारी दिए ।
बेपत्ता भएकी आफ्नी पत्नी र छोरालाई खोजी गरिदिन इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिए पनि हालसम्म फेला नपरेको महेन्द्रले बताए । यता इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक जुगेश्वर राउतले सम्पर्कविहीन भएकी आशादेवीको खोजी भइरहेको बताए ।
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित