घुस लिँदै गर्दा जिल्ला शिक्षा कार्यालयका सब–ईञ्जिनियर पक्राउ

पाँचथर, असार ६ –  घुस लिँदै गर्दा जिल्ला शिक्षा कार्यालय पाँचथरका सब–ईञ्जिनियर मनोजकुमार यादवलाई मंगलबार शिक्षा कार्यालयबाटै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले पक्राउ गरेको छ ।

एक विद्यालयका प्रधानाध्यापकबाट एक लाख २५ हजार रुपैयाँ घुस लिँदै गर्दा इटहरीबाट खटिएको अख्तियारको टोलिले यादवलाई पक्राउ गरेको हो । २०७० सालमा पाँचथरको एक विद्यालयमा चार कोठे पक्कि भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालयबाट २४ लाख बजेट छुट्टिएको थियो ।

३० प्रतिशत रकम समुदायबाट उठाएर भनव निर्माण गर्नुपर्ने भएतापनि त्यो रकम  समुदायबाट नउठेपछि निर्धारित समयमा भवन निर्माणको काम सम्पन्न हुन सकेको थिएन । समयमै भवन सम्पन्न नभएपछि जिल्ला शिक्षा कार्यालयले एक लाख ६० हजार रुपैयाँ रोक्का गरेको थियो ।

रोक्का भएको रकम निकासा गर्न र भवनको प्राविधिक रिपोर्ट तयार पारिदिने भन्दै यादवले विद्यालयका प्रधानाध्यापकबाट एक लाख २५ हजार रुपैयाँ घुस मागेका थिए । घुस लिँदै गर्दा अख्तियारको टोलीले यादवलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 2 =