“””पब्लिक स्पीकर नेपाल २”” को काठमाडौं अडिसन सम्पन्न”

काठमाडौँ, जेठ ११ । “”आजको वक्तृत्व, भोलिको नेतृत्व”” भन्ने मूल नाराका साथ शुरु भएको राष्ट्रव्यापी प्रतियोगिता पब्लिक स्पीकर नेपाल २ को काठमाडौं अडिसन सम्पन्न भएको छ ।

देशका विभिन्न ११ स्थान पश्चात नेपाल पर्यटन बोर्डमा जेष्ठ ९ र १० गते आयोजित कार्यक्रमबाट ३८ जना युवाहरु अघिल्लो चरणको प्रतियोगिताका लागि छनौट भएका छन् ।

१४ देखि ४० वर्ष उमेर समूहका युवाहरुलाई लक्षित गरी सञ्चालन गरिएको पब्लिक स्पीकर नेपाल २ एक खुला वक्तृत्वकला प्रतियोगिता हो । देशभरबाट छानिएका उत्कृष्ट वक्ताहरुलाई काठमाडौंमा भेला गराई नेतृत्व विकास लगायतका विषयमा तालिम प्रदान गरिने र उनीहरुबीच अन्तिम चरणको प्रतियोगिता गराइने आयोजकले जनाएको छ ।

प्रतियोगितामा विजयी हुने प्रतियोगीले पुरस्कार स्परुप रु तीन लाख प्राप्त गर्नेछन् भने प्रथम उप–विजेताले रु दुई लाख र द्वितीय उप–विजेताले रु एक लाख नगद प्राप्त गर्नेछन् ।

एक्रेटिभ मिडियाद्वारा आयोजित सो कार्यक्रमको मुख्य प्रायोजकमा प्रान लिची ड्रिंक रहेको छ भने इन एसोसियसनमा प्रान पोटेटो क्र्याकर, ड्रिभन बाईमा हिरो र पार्वड बाईमा मर्सी एजुकेसन रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 7 =