माडी जाने बाटो चिटिक्क बन्दै


किशोर खनाल, भरतपुर । चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने माडी नगरपालिका जाने सडकलाई चिटिक्क पार्ने काम भइरहेको छ । सडकलाई चिटिक्क बनाउन धमाधम स्तरोन्नतीको काम भइरहेको माडी नगरपालिकाले जनाएको छ ।
भरतपुर–माडी–ठोरी हुलाकी सडक–खण्ड अन्तर्गत चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने कसरादेखि बनकट्टासम्मको बाटोको स्तरोन्नती गर्न लागिएको हो ।

‘वर्षाको समयमा सडकमा कुनै समस्या नआहोस् भनेर सडक विभागबाट मसिना ढुंगागिटीहरु बिछ्याइने काम भइरहेको छ’

विगत चारदिनदेखि माडी नगरपालिका र चितवन राष्ट्रिय निकुञ्जको सहकार्यमा सडकमा परेका रुखहरुलाई हटाउने काम भइरहेको छ । ‘सडकको बीचबीचमा रुखहरु थियो, गाडी आवतजावतमा ठूलो समस्या थियो । दुर्घटनाको जोखिम बढेको थियो’ माडी नगरपालिकाका मेयर ठाकुर ढकालले भने, ‘अब त्यो समस्या लगभग हटेको छ । सडक आवतजावतमा समस्या पु¥याउने रुखहरुलाई धमाधम हटाउने काम भइरहेको छ ।’
माडीका मेयर ढकालले यसअघि सडक साँघुरो भएकाले दुई वटा गाडी वारपार हुन सक्ने अवस्था नभएको जनाए । उनले भने, ‘अब माडी जाने निकुञ्जको बाटो आठ मिटरको हुन्छ । दोहोरो गाडी आवतजावतमा कुनै समस्या पर्दैन ।’ यसअघि मात्रिका यादव वनमन्त्री हुँदा पनि माडी जाने सडकको केही रुख काटिएको थियो ।
माडीको सडकको लागि गत वर्ष नै जिल्ला समन्वय समितिबाट २० लाख बजेट परेको थियो । सोही रकमले नै माडी जाने सडकको स्तरोन्नती गरिएको हो । ‘सडक स्तरोन्नती गर्न २० लाखले नपुगे थप रकम माडी नगरपालिकाबाट उपलव्ध गराइनेछ’ मेयर ढकालले भने, ‘म माडी नगरपालिकाको मेयर भएमा पहिलो काम माडी जाने निकुञ्जको स्तरोन्नती गर्छु भनेको थिएँ, अहिले त्यही काम भइरहेको छ ।’
माडी जाने निकुञ्जको सडकमा ग्रावेलको काम पनि भइरहेको छ । ‘वर्षाको समयमा सडकमा कुनै समस्या नआहोस् भनेर सडक विभागबाट मसिना ढुंगागिटीहरु बिछ्याइने काम भइरहेको छ’ मेयर ढकालले भने, ‘यसपटक वर्षाको समयमा माडी जाने निकुञ्जको सडकमा कुनै समस्याहरु आउने छैनन् ।’
सरर गाडी हुइँकिन सक्ने किसिमको सडक निर्माण गरिन लागेको उनको भनाइ थियो । निकुञ्जभित्र पर्ने सडक पिच गर्न मिल्दैन । निकुञ्जको नियमावलीले पिच गर्ने कामलाई अवरोध पु¥याउँछ ।
चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले सडकमा अवरोध पु¥याउने ९ वटा सालका रुख काटिएर सकिएको बताए । उनले भने, ‘गाडीलाई आवतजावतमा समस्या पार्ने रुखहरु काटिएको छ, अझै केही रुख काट्न बाँकी छ ।’
उनको भनाइअनुसार मोडहरुमा अवरोध पु¥याउने र साँघुरो भएको सडकका छेउछाउका रुखहरु काटेर सडकलाई चिटिक्क बनाउने काम भइरहेको जानकारी दिए । काटिएका रुखहरु सबै सालका हुन् । काटिएका रुखहरु निकुञ्जको व्यवस्थापनमा प्रयोग गरिने उनले बताए । वर्खापछि माडी जाने निकुञ्जको सो सडकको सरसफाइ कार्यक्रम पनि चलाइनेछ ।
पर्सा जिल्लाको विजयबस्ती, ठोरीलगायतका ठाउँबाट यो सडक–खण्ड भएर  काठमाडौ, पोखरा, नेपालगञ्जलगायत नेपाल प्रमुख सहरहरुमा सवारी साधन चल्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 2 =