आईपीएलमा आज फाइनल प्रवेशको लागि कलकत्ता र हैदरावाद भिड्दै

काठमाडौं, जेठ ११ ।  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायर खेल (आज) शुक्रबार हुँदैछ । शुक्रबार साँझ हुने दोस्रो क्वालिफायरमा कोलकत्ता नाइट राइडर्स र सनराइजर्स हैदरावादले प्रतिस्पर्धा गर्ने छन् ।

कोलकत्तास्थित इडेन गार्डेन स्टेडियमा  हुने कोलकत्ता र हैदरावादबीचको खेल नेपाली समयअनुसार बेलुका ७ : १५ मा सुरु हुनेछ । र, दुवै टोली जित निकाल्दै फाइनलमा पुग्ने लक्ष्यका साथ मैदान उत्रने छन् । दोस्रो क्वालिफायरमा जित निकाल्ने टोलीले फाइनलमा स्थान बनाउने छन् ।  पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ ।

दोस्रो क्वालिफायरको विजेताले आइतबार हुने फाइनलमा चेन्नई सुपर किंग्ससँग खेल्ने छन् । चेन्नई पहिलो क्वालिफायरमा हैदरावादलाई २ विकेटले हराएर फाइनलमा पुगिसकेको छ ।

चेन्नईसँग पहिलो क्वालिफायरमा पराजित भएपनि हैदरावादले आईपीएलको नियम अनुसार दोस्रो क्वालिफायर खेल्न पाएको हो । यता, कोलकत्ताले भने इलिमिनेटरमा राजस्थान रोयल्सलाई २५ रनले हराउदै हैदरावादसँगको भेट पक्का गरेको हो ।

आईपीएलको जारी सिजनमा दुई टोलीले एक आपसमा एक एक खेलका थिए । जसमा दुवैले एक एक खेलमा जित र एक एक खेलमा हार बेहोरेको थिए । समूह चरणको पहिलो भेटमा हैदरावादले कोलकत्तालाई उसैको मैदानमा ५ विकेटले हराएको थियो ।

हैदरावादको घरेलु मैदानमा भएको दोस्रो भेटमा भने कोलकत्ताले ५ विकेटको जित निकालेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *