मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

बुहारी करणी गर्न खोज्ने सांसदका श्रीमान परे प्रहरी फन्दामा

वीरगञ्ज, जेठ १० । एक महिला सांसदका श्रीमानमाथि बुहारी जबरजस्ती करणीको आरोप लागेको छ । सांसद् शेख चाँद ताराका श्रीमान् शेष मन्सुर बाबुलाई बुहारी जबरजस्ती करणी गर्न खोजेको आरोपमा नियन्त्रणमा लिएको हो ।

उनीविरुद्ध मुद्दा दर्ता भएपछि फरार रहेका थिए । फरार रहेका उनलाई प्रहरीले बिहिबार अदालत चोकबाट पक्राउ गरेको हो । कानुन व्यावसायीसमेत रहेका शेष मन्सुरलाई प्रहरीले नातामा बुहारी पर्नेमाथि जबरजस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ गरेको हो । शेष ०७४ पुस २८ गते उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय, पर्सामा मुद्दा दर्ता भएपछि फरार थिए ।

पक्राउ परेका मन्सुरबाबुलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, पर्साको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

झड्केलो छोराकै बुहारीलाई उनले मंसिर १८ गते जबर्जस्ती करणी गर्न खोजेका थिए । बुहारीले घटना भएको झण्डै २० दिनपछि जिल्ला प्रहरी कार्यालय, पर्सामा मुद्दा दर्ता गरेकी थिइन् । त्यसदिनदेखि नै मन्सुरबाबुलाई प्रहरीले खोजी गरिरहेको थियो ।

प्रतिकृयाहरु
Loading...