अदालतमा कसको खुट्टा ढोगे ‘गोरे’ले ?
२०७४ जेठ १५ गते

“
काठमाडौं, जेठ ११ । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य योजनाकार भनिएका चुडामणि उप्रेती (गोरे) ले हत्यामा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् ।
जिल्ला अदालत मोरङमा जारी बयानका क्रममा उनले बिहीबार यस्तो दाबी गर्दै सुन खोज्ने क्रममा कुटपिट गरेको भने स्वीकारेका छन् ।
गोरेलाई भेट्न उनका बुवा नेत्रप्रसाद उप्रेती बिहीबार अदालतै पुगे । इजलासबाहिर प्रतीक्षा गरिरहेका उनलाई बयानको बिश्रामको बेला प्रहरीले गोरेसँग भेट गराइदिएको थियो ।
बुवालाई एक्कासि सामुन्ने देख्दा गोरेले खुट्टामा ढोगे । उनीहरुबीच करिब १५ मिनेट कुराकानी भयो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








