“परदेशीको यथार्य चित्रण गरिएको “”बोल माया”” एक हप्तामै युट्युब ट्रेडिङको नं १ मा(भिडियोसहित)”

बागलुङ, जेठ १० । बोल माया बोलको गीतको भिडियो हेर्दा र सुन्दा कसको मन नरोएको होला, कसका आँखा रसाएनन् होला र ? नामले मात्रैपनि महत्व राख्ने बहुत चर्चित लोकदोहोरी गायक नारायण रायमाझी र अहिलेकी चर्चित एवं मिठो आवाजकी धनी गायीका शान्ती श्री परियारको आवाजमा रहेको लोकप्रिय कलाकार प्रकाश सपुतको गीत हो ‘बोल माया’

सपुतकै शब्द, संगीत तथा निर्देशनमा तयार पारिएको उक्त गीत भिडियोसहित बजारमा आएको एक हप्तामै युटुवमा ट्रेन्डिङ १ मा परेको छ । सार्वजनिक हुनासाथ धेरैले मन पराएको बोल मायामा कामको लागि बिदेशीने युवा र त्यपछिको अवस्थालाई यथार्थ चित्रण गरिएको छ ।

धनको आसमा बिदेश गएका तर बाकसमा फर्किएका युवा र उनको परिवारको बिचल्लीत अवस्था यस गीतले छर्लङ पारेको छ । हेर्नेवित्तिकै मुटु काप्ने र आखाबाट आशु झर्ने यो गीतमा अन्जली अधिकारी र प्रकाश सपुतको जिवन्त अभिनय देख्न सकिन्छ । गीतमा कमल सौरागको म्युजिक एरेन्ज रहेको छ । विदेशमा प्रियजन गुमाउने नेपाली परिवारको वेदनामा आधारित लोकगीत ‘बोल माया’ अहिले चर्चामा छ ।

सार्वजनिक भएको छ दिनमै उक्त गीत नेपालमा १२ लाखभन्दा बढी पटक युट्युबमा हेरिएको छ । धेरैपछि नेपाली लोकगीत ‘युट्युब टे«डिङ’ को १ नम्बरमा आएको छ ।

https://youtu.be/VrR4f5NHlDw”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − six =