उत्तर कोरियाले ध्वस्त पार्यो परमाणु भट्टीको सुरुङ

काठमाडौँ, जेष्ठ १० । उत्तर कोरियाले आफ्नो परमाणु सुरुङ बिहीबार विस्फोट गराएर ध्वस्त गरेको छ। उत्तर कोरियाले विभिन्न विदेशी पत्रकारहरुको उपस्थितमा बिहीबार आफ्नो परमाणु भट्टीको सुरुङ विस्फोट गराएर ध्वस्त पारेको हो ।

स्काई न्यूजका पत्रकार टोम चेसियरका अनुसार उत्तर कोरियाले विश्व समुदायलाई आफू परमाणु निशस्त्रीकरणको बाटोमा रहेको देखाउन परमाणु भट्टीको सुरुङ ध्वस्त बनाएको हो ।

यो सुरुङ उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सिंगापुरमा आगामी जुन १२ मा वार्ता हुनुअघि विश्वासको वातावरण बनाउन ध्वस्त बनाएको हो ।

उत्तर कोरियाको यो परमाणु सुरुङ पुन्गेरीमा रहेको छ। जहाँबाट उत्तर कोरियाले अमेरिकासम्म हान्न सक्ने अन्तर महादेशीय क्षेप्यास्त्र परीक्षण गरेको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उत्तर कोरियाले राजधानी प्योङ्याङबाट कालो शिशाले छोपिएको रेलमा राखेर करिब १२ घण्टा यात्रा गराएपछि परमाणु भट्टी भएको ठाउँमा पत्रकारहरुलाई पुर्‍याएको थियो ।

स्काई न्यूजका पत्रकार टोम चेसियरका अनुसार परमाणु भट्टी रहेको सुरुङ ध्वस्त गरिएको दृश्य विदेशी पत्रकारहरुलाई ५ सय मिटरको दुरीबाट हेर्न दिइएको थियो । उत्तर कोरियाली सैनिकले ठुलो आवाजको विस्फोट सुरुङमा गराएका थिए ।

‘सुरुङ भित्रको आवाज एकदमै ठुलो थियोु,’ उनले भनेका छन्, ‘विस्फोटपछि निस्केको धुवाँ र धुलो र ताप पनि हामी भएको स्थानसम्म आयो । यो भय‌ंकर ठुलो आवाज थियो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *