सर्टिफिकेट फ्रेममा सजाएर राख्ने खालको मात्र हुनु हुँदैन– प्रम ओली

काठमाडौँ, जेठ १० । प्रधानमन्त्री केपी शर्मा ओलीले लाखौँ खर्च गरेर निकालेको सर्टिफिकेट फ्रेममा सजाएर राख्ने खालको मात्र हुन नहुने बताएका छन् । बिहिबार भृकुटीमण्डपमा आयोजित कान्तिपुर–हिसान एजुकेशन फेयरको उद्धघाटन गर्दै प्रधानमन्त्री ओलीले सर्टिफिकेट फ्रेममा सजाएर राख्ने खालको मात्र हुन नहुने बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीलेुलुकको शिक्षा प्रणाली जीवनोपयोगी हुनुपर्नेमा जोड दिँदै सर्टिफिकेट गुलाबको फूलझै लोकप्रिय हुनुपर्नेमा जोड दिए ।

उनले भने, हाम्रो शिक्षा जीवनपयोगी हुन जरुरी छ । सर्टिफिकेट फ्रेममा सजाउन लाखौं खर्च गरिएको होइन । कार्यक्रममा उनले विभिन्न विशिष्ट सफल व्यक्तिको उदाहरण दिँदै सबैलाई त्यस्तै बन्नुपर्ने सुझाव दिएका थिए ।

उद्घाटन कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोख्रेल, इजरायलका राजदूत लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 16 =