साउन २० गते भरतपुर–१९ मा मतदान हुने
२०७४ जेठ १५ गते

चितवन, १७ साउन– गणनाका क्रममा माओवादीले मतपत्र च्यातेपछि रद्द भएको भरतपुर महानगरपालिका वडा नम्बर १९ को निर्वाचन साउन २० गतेका लागि तोकिएको छ । निर्वाचन आयोगले जिल्ला निर्वाचन अधिकृतलाई नै मतदानको मिति तोक्ने अधिकार दिए अनुसार निर्वाचन कार्यालयमा बसेको सर्वदलीय बैठकपछि मिति घोषणा भएको हो ।
निर्वाचनको लागि आजैबाट शून्य समय सुरु भएको छ । शून्य समयमा चुनाव प्रचार प्रसार गर्न पाइँदैन । निर्वाचन मिति घोषणा हुनुअघि नै मतपत्र च्यात्ने मधु न्यौपानेलाई लिएर उम्मेदवार रेणु दाहाल सहित माओवादीले चुनाव प्रचार गरेको थियो । मतदाताले भने बैशाखमा दिएको मत च्यातेर फेरि किन भोट माग्न आएको भन्दै प्रश्न गरेका छन् ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








