नेपालले पहिलो ओडिआई खेलमा नेदरल्याण्डसँग भिड्ने !

काठमाडौँ, जेठ १० । नेपालले पहिलो ओडीआई खेल नेदरल्याण्डसँग खेल्ने भएको छ । नेपालले पहिलो पटक एक दिवसीय मान्यता प्राप्त गरेपछि अगष्ट १ र ३ तारिक अर्थात् साउन १६ र १८ गते एतिहासिक एक दिवसीय खेल नेदरल्याण्डविरुद्ध खेल्ने भएको हो ।

यो श्रृङ्खला नेदरल्याण्ड, नेपाल र एमसीसीबीचको त्रिकोणात्मक टि–२० श्रृङ्खलापछि हुने बताइएको छ ।

गत मार्चमा पहिलोपटक वानडे इन्टरनेशनल (ओडिआई) स्ट्याटस पाएको नेपालले नेदरल्याण्ड्ससँग पहिलो वान डे सिरिज खेल्ने भएको हो । तर खेल हुने स्थल भने खुल्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + ten =